रमुवा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण

रमुवा पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण

सुरेश छन्त्याल       
साउन-३१             
बागलुङ।बागलुङको गलकोट नगरपालिका–१० पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता नविकरण अभियान अन्तर्गत सिद्धथान र रमुवामा सम्पन्न गरिएको छ।

वडा अध्यक्ष भक्तबहादुर काउचाको अगुवाइमा दुइ वडा सचिव ठाकुर तिमिल्सिना, धनसरा बराल, वडा सदस्य कुमार पुन, पशु स्वास्थ्य प्राविधिक सुमन खड्का तथा पत्रकार सुरेश छन्त्याल सहितको टोलिले पाण्डबखानी बाहेक स्थाइ घर भई नेपाल भित्र रहेका हरुको आजसम्म ३३१जनाको सामाजिक सुरक्षा भत्ता नविकरण गरेका छन्।

यस अभियान भदौ मसान्तसम्म निरन्तर सञ्चालन हुने भएकाले बाँकी रहेका लाभग्राहीले वडा कार्यालयमा उपस्थित भई नविकरण गर्न सक्ने जानकारी वडा अध्यक्ष काउचाले दिनुभयो।

अनुकूल मौसम र वडा स्तरमै सेवा उपलब्ध गराइएकाले गाउँमै सुविधा पाएकोमा स्थानीयवासी खुशी देखिएका छन्। फोटो नभएकालाई समेत त्यहीँ खिचिदिने व्यवस्था मिलाइएकामा धन्यवाद दिदैँ ८७ वर्षीया नरमति घर्तिले भनिन्– “गाउँघरमै आएर सेवा–सुविधा पाउँदा हामी सबै निकै खुसी र हर्षित भएका छौँ।”