रिघामा मनाइयो विविध कार्यक्रम सहित बीपिको ४३ओैँ स्मृति दिवस

सुरेश छन्त्याल
साउन–६,२०८२
बागलुङ।बागलुङको गलकोट नगरपालिका ११ रिघामा विविध कार्यक्रम सहित बीपिको ४३ओैँ स्मृति दिवस मनाइएको छ।
नेपाली काग्रेस वडा कमिटीका सभापति ओमप्रसाद श्रीसको सभापतित्व रहेको सभामा नेपाली काङ्ग्रेस रिघाका संस्थापक सदस्य रामप्रसाद पुनको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस रिघाका संस्थापक सदस्य रामप्रसाद पुनले नेपाली काङ्ग्रेस एउटा संस्था हो कुनै व्यक्तिको रिसलाई लिएर संस्थामाथि नराम्रो दृश्यले नहेर्न आग्रह गर्नु भयो ।यस्तै उहाँले नेपाली काङ्ग्रेस देशको ठुलो पार्टि रहेको बताउनु भयो ।
कार्यक्रमबाट १२८ जना नयाँ क्रियासिल सदस्यता वितरण गरिएको जनाइएको छ। भने कार्यक्रमको संचालन टंक श्रीसले गर्नु भएको थियो।