नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा केसी निर्वाचित

साउन-२३
दाङ।नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा रिता केसी (रुपन्देही) निर्वाचित हुनु भएको छ।
बिहीबार लमहीमा सम्पन्न महासंघको प्रथम अधिवेशनले केसीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
उपाध्यक्ष पदमा खड्ग बुढाथोकी (दाङ), तारा चौधरी (बर्दिया) र महेन्द्र मल्ल (बाँके) निर्वाचित हुनु भएको छ। सचिवमा भीमलाल अधिकारी (पाल्पा) र सह–सचिवमा पनि अधिकारी नै निर्वाचित हुनु भएको छ।
त्यसैगरी लिला थापा, लोकराज गिरी, ऋषि चौधरी, कृष्णराम पौडेल, शिवशंकर प्रसाद राय, मात्रिका चौधरी, कल्पना सुवेदी, युगपति पौडेल, माया नेपाल, खुमबहादुर रायमाझी, विनोद ज्ञवाली, लछिराम बुढा मगर, चन्द्रिका प्रसाद विक, पार्वती मल्ल, जगमति गुप्ता, दिनेश कुमार यादव, अरुण अर्याल, लिला चुदाली र सीता पोख्रेल अधिवेशनबाट सदस्य पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले सो जानकारी दिनु भयो।