लुहुङस्थित लुम्बिनी मावि मा शैक्षिक अन्तरक्रिया र सार्वजनिक सुनुवाइ सम्पन्न

लुहुङस्थित लुम्बिनी मावि मा शैक्षिक अन्तरक्रिया र सार्वजनिक सुनुवाइ सम्पन्न

प्रतिमा भट्टराई           
भदौँ-१३           
पाल्पा।पाल्पाको तानसेन नगरपालिका–१२, लुहुङस्थित लुम्बिनी माध्यमिक विद्यालयले शैक्षिक अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रधानाध्यापक दीपक गौतमले शैक्षिक तथा भौतिक पक्षका उपलब्धि र सुधार गर्नुपर्ने विषयहरूबारे जानकारी गराउनुभयो। त्यस्तै, लेखापाल युवराज पौडेलले विद्यालयको आर्थिक कारोबारको विवरण प्रस्तुत गर्नुभयो।

विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घ, जनप्रतिनिधि, पूर्व पदाधिकारी, सम्पूर्ण शिक्षक–कर्मचारी र कक्षा ९ देखि १२ सम्मका विद्यार्थी प्रतिनिधिहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमले आगामी शैक्षिक सत्रलाई प्रभावकारी बनाउन प्रधानाध्यापक र शिक्षकबीच करार सम्झौता गर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने, गृहकार्यमा अभिभावकको सक्रिय सहयोग सुनिश्चित गर्ने, होमवर्क डायरी कार्यान्वयन गर्ने, विद्यार्थीको उपस्थिति बढाउने, अभिभावक र सरोकारवालाले अनुगमन गर्ने तथा भौतिक सुधारका लागि योजना माग गर्ने निर्णय गरेको छ।

सहायक प्रधानाध्यापक बलराम पाण्डेको स्वागत, प्रधानाध्यापक गौतमको सहजीकरण, लेखापाल पौडेलको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम गैरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।