सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घटेको छ

सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घटेको छ

साउन-२६            
काठमाण्डौ ।आज सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज एक हजार एक सय रुपैयाँले घटेर तोलाको एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि यही साउन २० गते सुनको भाउ एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ३० रुपैयाँ रहेको थियो ।