स्वास्थ्य सेवामा क्रियाशिल स्वयमसेविकालाई वडाले दियो विमा कार्ड

जन विश्वास मिडिया
भदौँ-१
प्युठान।प्युठानको स्वर्गद्वारी नगरपालिका-५ सारीले स्वास्थ्य सेवामा निरन्तर क्रियाशिल रही वडामा कार्यरत स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य विमा कार्ड प्रदान गरेको छ।
आज डेंङ्गु लगाएतका कीट जन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि वडाले सञ्चालन गरेको एक छलफल कार्यक्रमका अवसरमा स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य विमा कार्ड वितरण गरिएको वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले जानकारी दिनु भयो।
उहाँका अनुसार थोरै सेवा सुविधा हुँदा पनि स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रममा क्रियाशिल रही सफल पार्न विशेष भूमिका खेल्ने महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई वडा नं-५ ले स्वास्थ्य विमा गराइदिई हस्तान्तरण गरेको हो।विमा कार्ड प्राप्त गर्न पाउँदा स्वास्थ्य स्वयमसेविकाहरुले खुसी व्यक्त गरेका छन्।