हिमालय आधारभूत विद्यालयले विद्यालयमा विशेष फूलवारी निर्माण तथा वृक्षारोपण गर्ने

टोपराम केसी
साउन–७,२०८२
गुल्मी।गुल्मीको हिमालय आधारभूत विद्यालयले विद्यालयमा विशेष फूलवारीको निर्माण तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ।
जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं –५ जोगीस्थान स्थित सो विद्यालयले विद्यार्थीहरुमा प्रकृति संरक्षण,वातावरण प्रेम र सिर्जनशील सोचको विकास गराउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको विद्यालय स्रोतले अर्थपूर्ण मिडियालाई जानकारी दिएको छ।
आज विहान १० वजे देखि सुरु हुने फूलबारी निर्माण तथा वृक्षारोपण कार्यक्रममा विद्यार्थी सहित अभिभावकहरुको सक्रिय सहभागिता रहने विद्यालयको अपेक्षा छ।
विद्यालयले आज विद्यालय वरिपरि सरसफाई गर्ने,फूल रोप्ने ,रुखको बिरुवा रोप्ने ,पानी सिंचाई गर्ने जस्ता गतिविधि गर्ने योजना बनाएको छ।यस्तै विद्यालयले विद्यार्थीहरुलाई विद्यालय पोशाकमा समयमै उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गरेको छ।
सवैको सानो प्रयासले हरियाली र स्वच्छ वातावरण निर्माणमा ठूलो योग्दान पुग्ने विद्यालयको भनाइ छ।