कुलिङ अफ पिरियडमा एमालेले चलखेल गरेको शेखर कोईरालाको आरोप

कुलिङ अफ पिरियडमा एमालेले चलखेल गरेको शेखर कोईरालाको आरोप

साउन-३१            
काठमाडौँ ।नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले संघीय निजामती ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाएका छन्।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले यसबारेमा अहिले सम्म कुरा लुकाए पनि अब लुकाउनुपर्ने आवश्यकता नरहेको बताए।

उनले राष्ट्रियसभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनेर संशोधन प्रस्ताव हालेको बताए। उनले किन संशोधन हाल्नुभयो रु भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा एमाले सांसदहरूले माथिको निर्देशन भन्ने जवाफ दिएकाले अब लुकाउनुपर्ने जरुरी नरहेको बताए। एमाले छलकपट गर्ने राजनीतिक दल भएको उनको आरोप छ।​

कोइरालाले भने, ‘यसमा लुकेको केही छैन, अहिलेसम्म हामीले लुकायौँ अब लुकाउनुपर्ने आवश्यकता छैन। किन छैन भने राष्ट्रियसभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्छ भनीकन उहाँहरूले संशोधन प्रस्ताव हालिसकेपछि किन त्यस्तो संशोधन हालेको भनेर पत्रकारले सोध्दा हामीलाई माथिको निर्देशन छ भने। एमाले त छलकपट गर्दो रहेछ। त्यसमा पनि दुई मत छैन।’

सांसद कोइरालाले देशमा सुशासन किञ्चित् मात्रामा पनि नरहेको बताए। देशमा भ्रष्टाचार दिन प्रतिदिन बढेर गएको बताए।