प्युठानका सवै वडाहरुमा रा.स्व.पा.को हस्ताक्षर अभियान जारी

जन विश्वास मिडिया
साउन-२१
प्युठान।राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) प्युठानले जिल्लाको सवै पालिकाका ६४ वटै वडाहरुमा हस्ताक्षर अभियान जारी राखेको छ।
सहकारी प्रकरणमा पार्टीका केन्द्रीय सभापति रवि लामिछाने जेल(कारागार)चलान भए यता रा.स्व.पा.ले सभापति लामिछाने माथि राजनितिक प्रतिशोध भएको र उहाँ निर्दोश रहेको ठहर गर्दै उहाँ प्रतिको राजनितीक प्रतिशोधका विरुद्ध देश व्यापी हस्ताक्षर अभियान चलाएको छ।
सोही अनुरुप प्युठान जिल्लामा पनि हस्तक्षर तथा पार्टी सदस्यता वितरण को अभियान संचालन गरिएको हो। २ नगरपालिका र ७ गाउँपालिका गरि ९ पालिकाका ६४ वटै वडाहरुमा हस्तक्षर अभियान निरन्तर सञ्चालन भैरहेको रा.स्व.पा प्युठानका सभापति विकास पोख्रेलले जन विश्वास मिडियालाई जानकारी दिनु भयो।
सभापति पोख्रेलका अनुसार जिल्लाको सवै पालिका सवै वडाहरुमा हस्ताक्षर अभियान सम्पन्न भए पश्चात् पत्रकार सम्मेलनबाट सवै विवरण सार्वजनिक गर्ने तयारी गरिएको छ।