गाईबाख्रा चराएर फर्किने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

गाईबाख्रा चराएर फर्किने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

सारदा मगर            
साउन-२२              
जाजरकोट।जाजरकोटको भेरी नगरपालिका -२ डिङ्गा स्थित ढ्याङ्ग्रयाचोर नजिकैको भीरबाट लडेर खिमी पुनको  ज्यान गएको छ।

गाईबाख्रा चराएर घर फर्किने क्रममा करिब ७० मिटर तल खसिन् परिवारजनले रातिसम्म खोजी गरेपछि मात्र उनी ८ बजे पछि मृत अवस्थामा फेला परेकी हुन ।

पुन मंगलबार साँझ ७ बजे गाईबाख्रा चराएर घर फर्किने क्रममा खसेर ज्यान गएको हो । स्थानियवासीका अनुसार उनी मेहनती, सहयोगी र परिवारप्रति समर्पित महिला थिइन्।

अचानक भएको यस दुःखद घटनाले गाउँ शोकमा परेको छ । स्व। पुनका श्रीमान्, एक छोरा र दुई छोरी छन्। दुवै छोरीहरूको विवाह भइसकेको बताइएको छ।