जनप्राणी आ.वि.मा अतिरिक्त क्रियाकलाप अन्तर्गत अङ्ग्रेजी शाव्दिक हिज्य प्रतियोगिता सम्पन्न

असार,२७
प्युठान।
जनप्राणी आधारभूत विद्यालय स्वर्गद्वारी नगरपालिका १ कुसुण्डे प्युठानमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत अङ्ग्रेजी शाव्दिक हिज्य कार्यक्रम गरिएको छ।
कार्यक्रममा सगरमाथा,धौलागिरी,अन्नपूर्ण र माछापुच्छ्रे गरि ४ वटा सदनबाट ४,४ जना प्रतियोगि विद्यार्थीहरु सहभागी थिए।
कक्षा ४ देखि कक्षा ६ सम्मका विद्यार्थीहरु सम्मिलित प्रतियोगितामा हेमन्त विष्ट ,प्रवेश कँवर,प्रदिप ठेंडी र सागर परियार सभागि भएको माछापुच्छ्रे सदनले प्रथम स्थान हाँसिल गरेको छ।
यस्तै विवश ठेंडी,विकास सुनार,प्रमिला राना र दिलमाया परियारको अन्नपुर्ण सदन द्वितीय स्थान लिँदा विनिता परियार,विष्णी ठेंडी ,भूमा खत्री र हेमन्त कँवर सहभागी सगरमाथा सदनले तेस्रो स्थान हाँसिल गरेको छ।
कार्यक्रममा प्रधानाध्यापक गोपाल गुप्ता सहित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो।