दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

साउन-१५
तुलसीपुर।दाङको तुलसीपुर बाट बिजौरी तर्फ जादै गरेको रा १ त ३४७८ नम्बरको जाली बोकेको ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर–१७ निवासी अन्दाजी १४/१५ बर्षीय सविन भण्डारी र सोही ठाउँका अन्दाजी १६/१७ बर्षीय मनोज रोका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिनु भयो ।
दुर्घटनामा परी गम्भिर घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा दिउँसो सवा १२ बजेको समयमा मृत्यु भएको हो । दुर्घटनामा परी सामान्य घाइते भएका ट्याक्टर चालक तुलसीपुर–१७ मानपुर निवासी २६ बर्षीय सुरेश चौधरी, सोही ठाउँका १५ बर्षीय धन बहादुर चौधरी र तुलसीपुर–१८ बिजौरी निवासी २६ बर्षिय प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।