रेशम ठेंडीलाई पार्टीले गर्यो कारवाही

जन विश्वास मिडिया
भदौँ-१
प्युठान।नेपाली काँग्रेसले प्युठान प्रदेश क्षेत्र 'क'का उप-सभाति रेशम ठेंडीलाई कारवाही गरेको छ।
ठेंडीले पार्टीको आदर्श,शिद्धान्त र नीतिका विपरित विभिन्न खालका गतिविधि गरेकाले कारवाही गरिएको नेपाली काँग्रेस प्रदेश क्षेत्र 'क'का सभापति टेक प्रसाद भण्डारीले जानकारी दिनु भयो।भण्डारीले हिजो एक प्रेस विज्ञप्ती सार्वजनिक गरि ठेंडीको पदीय जिम्मेवारी एवम् साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको जानकारी गराउनु भएको हो।
प्रेस विज्ञप्तीमा भनिएको छ:''नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति प्रदेश क्षेत्र 'क' प्युठानको उप-सभापति रेशम ठेंडीले पार्टीको आदर्श,शिद्धान्त र नीति विपरित विभिन्न खालको गतिविधि गरेकाले नेपाली काँग्रेसको विधान २०१७(संशोधित सहित)को धारा ३४ को उप-धारा १(क) वमोजिम क्षेत्रीय कार्य समिति प्रदेश क्षेत्र 'क' लुम्बिनी प्रदेश प्युठानले नीजलाई पदीय जिम्मेवारी एवम् साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको व्यहोरा जानकारी गराइन्छ।''
ठेंडी २०७४ को स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनबाट गाउँपालिका अध्यक्ष र २०७९ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र सहितको गठबन्धनबाट माण्डवी गाउँपालिका वडा नं-३ को वडा सदस्यमा पराजित हुनु भएको थियो।