नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानिया निर्वाचित

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानिया निर्वाचित

साउन-१४           
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका हुनु भएको छ।संसदीय दलको नेता निर्वाचनमा २२ मतका साथ बानियाँले मुख्यमन्त्री समेत रहनु भएका बहादुरसिंह लामालाई पराजित गर्नु भएको हो।

बानियाँ र लामा दुवै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुनुहुन्छ। लामाले जम्मा १४ मत ल्याउँदा १ मत बदर भएको थियो। 

मंगलबार आफूविरूद्ध संसदीय दलमा परेको अविश्वासको प्रस्तावको विपक्षमा १५ मत मात्रै आए पछि उहाँले दलको नेताको हैसियत गुमाउनु भएको थियो।पाँच जना मन्त्री राजीनामा दिएर बानियाँको पक्षमा आउनु भएको थियो।