पार्टीको निर्णय नमान्नेहरू पार्टीमा बसिरहन आवश्यक नभएको अध्यक्ष नेपालको भनाइ

पार्टीको निर्णय नमान्नेहरू पार्टीमा बसिरहन आवश्यक नभएको अध्यक्ष नेपालको भनाइ

साउन-१६                   
काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय नमान्नेहरू पार्टीमा बसिरहन आवश्यक नभएको बताउनु भएको छ ।


विराटनगरमा आज पत्रकार सँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले सम्मानित नेता झलनाथ खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएको बारे आफूलाई विश्वास नलागेको तर त्यस्तो बोलेको भए पार्टीबाट बिदा लिनुपर्ने बताउनु भएको हो । "अचेल एआईको जमाना छ", उहाँले भन्नु भयो, "नबोलेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । बोलेकै भए त पार्टीमा बस्ने आधारै छैन नी ।"

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले आफू माथि लागेको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिशोध भएको दाबी गर्नु भएको छ ।