भोलि खीर खाने दिनः देश भर ८० लाख लिटर दूध खपत हुने अनुमान

भोलि खीर खाने दिनः देश भर ८० लाख लिटर दूध खपत हुने अनुमान

साउन-१४   
काठमाण्डौ।नेपाल डेरी एसोसिएशनले भोलि झन्डै ८० लाख लिटर दूध खपत हुने अनुमान गरेको छ ।

खीर दिवसका अवसरमा झन्डै ८० लाख लिटर दूध खपत र त्यसबापत एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको एसोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिनु भयो । उहाँका अनुसार उपभोक्ताको माग अनुसार बजारमा दूध उपलब्ध हुने छ ।सरकारले २०७७ सालको फागुनमा निर्णय गरी २०७८ सालदेखि साउन १५ गतेलाई खीर खाने दिवसका रूपमा मनाउन थालेको हो ।

खीर खाने दिवस मौलिक संस्कृतिसँग जोडिएको दिन पनि हो । परम्परादेखि नै किसानहरूले साउन १५ गते खीर खाने चलन छ । रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले असार–साउनको हिलोमा काम गरेका किसानको स्वास्थ्यका लागि खीर लाभदायक हुने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।

नेपाल डेरी एसोसिएसनले परिवारका सदस्यहरू सँगै बसेर खीर खाई किसानको उत्पादनको उपभोगसँगै पारिवारिक आनन्दसमेत लिन आग्रह गरेको छ ।