मलेसियामा बागलुङका थापा मगरको निधनः-शव वेवारिसे अवस्थामा

मलेसियामा बागलुङका थापा मगरको निधनः-शव वेवारिसे अवस्थामा

सुरेश छन्त्याल       
बागलुङका शस् बहादुर थापा मगरको मलेसियामा निधन भएको छ। मलेसियाको क्वालालम्पुर नजिकैको काजाङ क्षेत्रमा उनी मृत भेटिएका हुन्।

मृत्यु भएको तीन दिन बितिसक्दा पनि शव वेवारिसे अवस्थामा रहेको मलेसियामा कार्यरत याम बहादुर र तारा काउचाले जानकारी दिएका छन्। घटनाको विस्तृत कारण खुल्न बाँकी छ भने स्थानीय प्रहरी र सम्बन्धित निकायले आवश्यक प्रक्रिया अगाडि बढाइरहेका छन्।

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपालीहरूबीच शोक छाएको छ। याम बहादुर र तारा काउचाले मृतकको परिवारसँग सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तथा शव स्वदेश पठाउन दूतावास र समुदायको सहयोग आवश्यक रहेको बताएका छन्।