रमुवामा नेपाल टेलिकमको टावर मर्मत, ब्याकअप ब्याट्री जडान

रमुवामा नेपाल टेलिकमको टावर मर्मत, ब्याकअप ब्याट्री जडान

सुरेश छन्त्याल    
भदौ-५      
बागलुङ।बागलुङको गलकोट नगरपालिका–१० पाण्डबखानी स्थित रमुवामा रहेको नेपाल टेलिकमको टावर मर्मत कार्य सम्पन्न गरी नयाँ ब्याकअप ब्याट्री जडान गरिएको छ।

स्थानीय विद्युत आपूर्ति कमजोर रहेकाले पटक–पटक पावर कम भई सेवा प्रभावित हुँदै आएको थियो। उक्त समस्या समाधानका लागि हाल ३०० ah क्षमताको ब्याट्री जडान गरिएको नेपाल टेलिकम बागलुङका प्राविधिक टोली प्रमुख देवकुमार कलवारले जानकारी दिनु भयो।

ब्याट्री जडानसँगै टावरमा विद्युत अवरोध भए पनि सेवा अब सहज हुने टेलिकमले जनाएको छ।