रवि लामिछानेलाई थुनामै राख्ने आदेश

साउन-२६
रुपन्देही।रुपन्देही जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिएको छ।
लामिछानेको निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उनलाई थुनामै पठाउने आदेश गरेको छ।
उनी सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। उनले आफूलाई बिगो सकारेर थुनाबाहिरबाट मुद्दा लड्न पाउने गरी आदेशको माग गर्दै अदालतमा निवेदन दिएका थिए।