विद्यालय परिसरमै धारा निर्माणःछायो खुसियाली

असार,३१,२०८२
प्युठान।
जनप्राणी आधारभूत विद्यालयमा खानेपानी धारा निर्माण गरिएको छ।प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं,१ कुसुण्डेमा अवस्थित सो विद्यालयमा लामो समयदेखि खानेपानीको समस्या रहेको थियो।
सोही समस्यालाई केन्द्रित गरि विद्यालयका प्रधानाध्यापक गोपाल गुप्ताको विशेष पहल र विद्यालय व्यवस्थापन समीतिको सहजीकरणमा धाराको निर्माण गरि खानेपानी विद्यालयमा पुर्याइएको हो।
धारा निर्माणमा विद्यालयका कार्यालय सहयोगि शसिराम रोकाको महत्वपुर्ण भुमिका रहेको भन्दै विद्यालय प्रशासनले उहाँप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
विद्यालय परिसरमै खानेपानी धारा निर्माण गरि सहज खानेपानी उपलब्ध भएपछि विद्यार्थीहरु हौसिएका छन्।यस्तै खानेपानी धाराको दीगोपना र उचित संरक्षणमा सहयोग गर्न स्थानीयवासीलाई विद्यालयले अनुरोध समेत गरेको छ।