स्वर्गद्वारी -५ मा इन्डक्सन चुलो वितरण सुरुःकुल २५४ जना लाभान्वित हुने

अर्थपूर्ण मिडिया
साउन-११,२०८२
प्युठान।प्युठानको स्वर्गद्वारी नगरपालिका -५ सारीमा बिद्युतीय चुलो(इन्डक्सन)वितरण कार्यक्रम सुरु गरिएको छ।
नेपाल सरकारको कार्यक्रम अन्तर्गत वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोग तथा वडा नं-५ सारीको समन्वयमा चुलो वितरण सुरु गरिएको वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले अर्थपूर्ण मिडियालाई जानकारी दिनु भयो।
उहाँका अनुसार ७० प्रतिशत नेपाल सरकार र ३० प्रतिशत स्वयम् व्यक्तिगत लगानीमा उक्त इन्डक्सन चुलो वितरण गरिएको हो।
कुल २५४ जना मध्ये आईतबार मात्र १२१ जना लाभग्राहीहरुको लागि चुलो वितरण गरि सकिएको र बाँकी लाभग्राहीको लागि समेत निरन्तर वितरण हुने वडा अध्यक्ष घर्ती मगरको भनाई छ।