एमाले छत्रकोटले गर्यो संस्थापक महासचिव श्रेष्ठको स्मृतिमा अन्तरक्रिया सहित वृक्षारोपण

एमाले छत्रकोटले गर्यो संस्थापक महासचिव श्रेष्ठको स्मृतिमा अन्तरक्रिया सहित वृक्षारोपण

अर्थपूर्ण मिडिया             
साउन–७,२०८२         
गुल्मी।नेकपा एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ अौँ स्मृति दिवसका अवसरमा नेकपा एमाले छत्रकोट गाउँकमिटीले विशेष अन्तरक्रियासहित वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

नेकपा एमाले छत्रकोट गाउँकमिटीका अध्यक्ष पिताम्वर अर्यालको अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य मधुकृष्ण पन्तको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा विशेष अन्तरक्रिया गरि छत्रकोट २ पाल्टुङ्ग र छत्रकोट देवालय परिसरमा  वृक्षारोपण गरेको हो।कार्यक्रमको संचालन गाउँकमिटीका सचिव यग्य पाण्डेले सञ्चालन गर्नु भएको थियो।

कार्यक्रममा प्रदेश,जिल्ला ,गाउँ तथा वडा कमिटीमा क्रियाशील नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।