नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको पदस्थापना कार्यक्रम भोलि हुने

जन विश्वास मिडिया
भदौँ-१३
प्युठान।नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको पदस्थापना कार्यक्रम भोलि हुने भएको छ।
बुटवल उप-महानगरपालिका-३ शिद्धवावा पार्टी प्यालेसमा विहान ११ वजे देखि सुरु हुने कार्यक्रमा नेपाली काङ्ग्रेसका केन्द्रीय सह-महामन्त्री माननीय किशोर सिंह राठौरको प्रमुख आतिथ्यता रहने आयोजकले बताएको छ।
कार्यक्रममा नव-निर्वाचित पदाधिकारीहरुको पदस्थापना सहित लुम्बिनी प्रदेश भरका किसानहरुलाई पर्न गएको समस्या,अधिकार र हितका सवालमा बृहत् छलफल गर्ने कार्यतालिका छ।
उपस्थितिका लागि आयोजकले नेपाली काङ्ग्रेसका केन्द्र,प्रदेश,जिल्ला,क्षेत्र प्रदेश ,नगर तथा वडा तहमा क्रियाशील नेता कार्यकर्तालाइ उपस्थितिका लागि आमन्त्रण गरेको छ।
यस्तै किसान महासंघका केन्द्रीय सदस्यहरु,लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका जिल्लाका सभापतिहरु,प्रदेश कार्यसमितिका नव-निर्वाचित पदाधिकारीहरु,केन्द्रीय तथा प्रदेश महाधिवेशन प्रतिनिधि,प्रदेश तथा क्षेत्रीय सभापतिसँगै किसान महासंघसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आवद्ध विशेष व्यक्तित्वहरुलाई पनि उपस्थितिका लागि निमन्त्रणा गरिएको किसान महासंघ लुम्बिनी प्रदेशका नव-निर्वाचित अध्यक्ष रिता केसीले जन विश्वास मिडियालाई जानकारी दिनु भयो।