नेपाल पर्यटक यातायात व्यवसायी संघ(NTVA)को नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित

नेपाल पर्यटक यातायात व्यवसायी संघ(NTVA)को नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित

सुरेश छन्त्याल         
भदौ-३             
काठमाडौंमा सम्पन्न नेपाल पर्यटक यातायात व्यवसायी संघ (NTVA)  को २२औं साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित गरेको छ।

साधारण सभाबाट अध्यक्षमा भिम बहादुर गोले तामाङ निर्विरोध विजयी हुनुभएको छ। गोलेको प्यानलबाट वरिष्ठ उपाध्यक्ष विनोद तामाङ, उपाध्यक्ष रामकुमार बस्नेत, महासचिव भरत तिमिल्सिना, सचिव टेक पुन मगर, कोषाध्यक्ष तेजमान लामा, निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यतर्फ बाजीराम घिमिरे, हरि हुमागाई, विष्णु कार्कीलगायत सम्पूर्ण उम्मेदवार पनि सर्वसम्मत निर्वाचित भएका छन्।

अध्यक्ष गोलेले पदबहालीपछि पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धात्मक बनाउन संघले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।