पाण्डबखानीमा लामो समयपछि विद्युत सँगै टावर संचालनमा

पाण्डबखानीमा लामो समयपछि विद्युत सँगै टावर संचालनमा

सुरेश छन्त्याल          
साउन–३,२०८२              
बाग्लुङ।बाग्लुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ।

गत असार  २५ गते राति घोप्टे खोला जलविद्युत आयोजनमा रहेको ट्रान्सर्फमर चट्याङका कारण जलेको थियो। ट्रास्मिटर जल्दा पाण्डबखानीको दुङ्गिल, फुर्से, सोरमने र गलकोट नगरपालिका ७ झिर्काका केही समुदाय अन्धारमा बस्नु परेको थियो।

साथै पाण्डबखानी गाउँनै नमस्ते टावरबाट बन्चित भएको थियो। स्थानीयहरुले लामो समय सम्म प्रयास गर्दा पनि नबनेपछि १२ दिनपछि मात्र  प्राविधिक टोलि पुगेर नयाँ ट्रान्सर्फमर जडान गरेपछि विद्युत सँगै नमस्ते टावर सञ्चालनमा आउँदा त्यस क्षेत्रका समुदाय हर्षित देखिएका छन् ।

 नयाँ ट्रान्सर्फमर राख्दा र विभिन्न सामाग्री ल्याउँदा करिव २ लाख ५० हजार क्षति भएको स्थानीय छमबहादुर काउचाले जानकारी दिनु भयो।


त्यस्तै टावरको लागि केन्द्रीय विद्युत आवश्यक रहेको भन्दै नेपाल टेलिकम बागलुङका प्रमुख सन्तोस बरालका अनुसार विद्युत कार्याल बागलुङलाई विद्युत मागको लागि पत्र पठाइ सकिएको छ।