मृतकका परिवारले क्षतिपुर्ती पाएःढिलै भएपनि न्याय पाएको प्रतिक्रिया
 
                                साउन–४,२०८२     
माण्डवी गाउँपालिका प्युठान।प्युठानको माण्डवी गाउँपालिकाका मृतकको परिवारले क्षतिपुर्ती पाएका छन्।
२०८०माघ २८ गते माण्डवी गाउँपालिकाको रा –१ क ७७३ नम्बरको व्याक हो लोडरले वडा नं –१ देविस्थान डाँडाका स्थानीय ठगबहादुर घर्तीलाई ठक्कर दिँदा नीजको घटना स्थलमै ज्यान गएको थियो।
सोही घटनाका कारण स्थानीय सरकार र मृतकका परिवारविच स्थानीय सरकारले रु १० लाख रुपैयाँ क्षतिपुर्ती बापत नीजको परिवारलाई उपलब्ध गराउनु पर्ने भनी दुवैपक्षले सहमतीमा हस्ताक्षर गरेका थिए।तर लामो समय सम्म न्याय नपाउँदा मृतकका परिवारले गत असार २७ गते गाउँपालिकाको कार्यालय पुगेर क्षतिपुर्तीको माग गर्दै नाराबाजी समेत गरेका थिए।
यसैविच आज मृतकका छोरा धनबहादुर घर्ती गाउँपालिका पुगे लगत्तै उहाँको आमा इन्द्रादेवि घर्तीको खातामा गाउँपालिकाले नगद रु ५ लाख रुपैयाँ जम्मा गरिदिएको हो।विमा बापत् को रु ५ लाख रुपैयाँ भने यस अघि नै मृतकका परिवारले प्राप्त गरिसकेका थिए।गाउँपालिकाले मृतकका परिवारसँग गरिएको सम्झौता अनुसार १७ महिना पछि मात्र क्षतिपुर्ती दिएको हो।
उता धन बहादुर भने ढिलै भए पनि आफुहरुले न्याय पाएको प्रतिक्रिया दिनु भएको छ।
 


 अर्थपूर्ण न्युज
                                    अर्थपूर्ण न्युज                                 
         
         
         
         
         
         
         
        
             
        
             
        
             
        
             
        
             
        
 
        
 
        
 
        
 
        
 
        
                                        
                                     
        
 
        
 
        
 
        
