लुङ्ग्री खोलाले बगाएर ल्याएको अज्ञात पुरुषको शव फेला

साउन–५,२०८२
रोल्पा।
रोल्पाको सुनिलस्मृति गाउँपालिका अन्तर्गत ओगिल्जा भन्ने स्थानमा आज दिउँसो लुंग्री खोलाले बगाएर ल्याएको अन्दाजी ४० वर्षको अज्ञात पुरुषको शव फेला परेको छ ।
प्रहरीका अनुसार शव पूर्ण रूपमा सडेगलेको अवस्थामा फेला परेको हो।शवको पहिचान खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय खुंग्रीका प्रहरी वरिष्ठ हवल्दार खड्क गिरीका अनुसार शव खोलाको किनारमा उत्तानो अवस्थामा रहेको र शारीरिक अवस्थाबाट उमेर र नाम ठेगाना प्रष्ट हुन नसकेको जानकारी दिनु भयो।
घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक प्रारम्भिक अनुसन्धान अगाडि बढाइसकेको छ ।
शवलाई पोस्टमार्टम तथा पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको गिरीले बताउनु भयो । घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो।