स्वर्गद्वारी नगरपालिका ५ सारीले गर्यो स्टेचर वितरण
साउन-२८ प्युठान।प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं.-५ सारीले स्टेचर वितरण गरेको छ।विभिन्न कारण अकस्मात विरामी भई उपचार स्थल तथा सडक सम्म पुर्याउन सहजताको लागि स्वयम् सेविकाहरु मार्फत साविक ९ वटै स्वास्थ्य आमा समूह र स्वास्थ्य संस्थालाई स्टेचर वितरण गरिएको वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले जन विश्वास मिडियालाई जानकारी दिनु भयो।उहाँका अनुसार आज एक विशेष कार्यक्रम गरि वडाले स्वास्थ्य आमा समूह र स्वास्थ्य संस्थाका लागि १४ थान स्टेचर वितरण गरेको हो।