धर्म परिवर्तनका घटना बारे संयुक्त छानबिन समिति आवश्यक छः-शाह

धर्मेन्द्र कुमार कुर्मी
साउन -१६
कपिलवस्तु।नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले भारत–नेपाल कपिलवस्तुको सीमा क्षेत्रमा बढ्दै गइरहेका जबरजस्ती धर्म परिवर्तनका घटनालाई गम्भीरताको साथ लिएर दुई देशका सरकारले संयुक्त रूपमा छानबिन समिति गठन गर्नु पर्ने बताउनु भएको छ ।
कपिलवस्तुको तौलिहवामा पत्रकार सम्मेलनको आयोजना गरेका उहाँले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा भारतीय सीमावर्ती जिल्ला बलरामपुरमा हिन्दु धर्मका महिलाहरूलाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तन गराइएको विषयमा भारतीय सञ्चारमाध्यममा दिएको आफ्नो अभिव्यक्तिलाई व्यक्तिगत विचारको रूपमा बुझन उहाँले आग्रह गर्नु भएको हो ।
कुनै प्रतिष्ठित व्यक्तिलाई भन्दा पनि समग्र घटनालाई जोडेर आफूले सो बयान दिएको उहाँले प्रस्ट पार्नु भयो । भारतमा भएको घटनाले भारतमा मात्रै नभई नेपालमा समेत प्रभाव पारेको देखिएकाले धर्म परिवर्तनका घटना बारे नेपाल र भारत सरकारले संयुक्त रूपमा छानबिन समिति गठन गरी यस्ता अपराध न्यूनीकरणमा तत्परता देखाउन उहाँले माग गर्नु भयो।