सरकारले बहुविवाह गर्न दिन खोज्नु,प्रतिगमन हो,स्वीकार गर्दैनौँ ः-सांसद शर्मा

सरकारले बहुविवाह गर्न दिन खोज्नु,प्रतिगमन हो,स्वीकार गर्दैनौँ ः-सांसद शर्मा

साउन-२०                
काठमाडौँ ।नेकपा माओवादी केन्द्र की सांसद रेखा शर्माले बहुविवाहलाई कानुनी मान्यता दिने गरी सरकारले कानुनी प्रबन्ध गर्न लागेको भन्दै आपत्ति जनाउनु भएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शर्माले संविधान प्रदत्त महिला अधिकार र नेपाल पक्ष राष्ट्र भएर गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धि विपरीत सरकारले देवानी संहिता २०७४ को धारा १७५ लाई संशोधन गर्न खोज्नु गलत भएको बताउनु भयो। 

उहाँले  बहुविवाहलाई कानुनी मान्यता दिने गरी कानुन मन्त्रालयले गरिरहेको तयारी ठिक नभएको तर्क राख्नु भयो। सांसद शर्माले भन्नु भयो ‘जनयुद्ध जनआन्दोलन र सबै खाले महिला आन्दोलनका प्राप्त उपलब्धिमाथि सरकारले जसरी प्रहार गर्दैछ । यो महाप्रतिगमन हो । यसका प्रति घोर आपत्ति व्यक्त गर्दछु । यस सम्बन्धी प्रतिगमनकारी विधेयक अघि नबढाउन ध्यानाकर्षण गर्दछु ।’

सांसद शर्माले प्रतिगमनलाई आफूहरूले नस्विकार्ने समेत चेतावनी दिनु भयो ।