सुनपानीमा सरसफाइ कार्य सम्पन्न

सुरेश छन्त्याल
गलकोट नगरपालिका–१० पाण्डबखानी अन्तर्गत सुनपानी क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै गहिरभाटीदेखि सुनपानी, धार, पल्लो सुनपानीलगायतका टोलमा सरसफाइ गरिएको सुनपानी टोल सुधार समितिका अध्यक्ष गंगा बहादुर घर्ति पुनले जानकारी दिनुभयो।
यसै अवसरमा पञ्चमीका विविध देवी–देवताको नाम लिँदै पिङ राख्ने, नाचगान गर्ने तयारी पूरा भएको आमा समूहकी अध्यक्ष ज्ञानु छन्त्यालले बताउनुभयो। साथै दशैँअघि सम्पूर्ण गाउँमा सरसफाइ गर्ने निर्णयसमेत गरिएको छ।